127
मकवानपुर । हेटौंडा– १५ स्थित रातमाटेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुबाहक बसले विपरीतबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेमा हेटौंडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा– ३ का २२ वर्षीय सुशान्त दियाली रहेका छन् ।