149
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति भएको प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ ।
दुबईमा सम्पन्न खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो । योसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टाएको थियो । दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे भने अक्षर पटेलले २ विकेट लिए ।
previous post