148
काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भयो । चेन्नईले दिएको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका शिवम दुवेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन जोडे ।
चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले एक सय एक रनको शतकीय पारी खेले ।
previous post