140
काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज (बिहीबार) काठमाडौं र चितवन तथा भैरहवा र ललितपुर भिड्दै छन् ।
ईपीएल क्रिकेटमा आज काठमाडौं किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाडौं र चितवन खेल्ने छन् ।
आज दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । काठमाडौंमा दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई अङ्क भएको चितवन चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स दिउँसो साढे १ बजे खेल्ने छन् ।
previous post