कुन दिशातर्फ सिरानी राखेर सुत्दा हुन्छ फलिफाप ?

by समतल अनलाइन
Shares

एकपटक हेर्नुहोस् त – तपाइको सिरानी कुन दिशातर्फ छ ?

प्राक्शिरा शयने विद्या धनमायुश्च दक्षिणे ।
पश्चिमे प्रबले चिन्ता हानीमृत्युरथोत्तरे।

अर्थात् पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरान बनाउँदा हानी वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरान बनाउँदा अत्याधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ ।

शास्त्रले यसो भने पनि अहिले धेरैलाई यस्ता कुरा बेकार लाग्छन् । उनीहरू यसलाई अर्थहीन ठान्छन् । यद्यपि हाम्रा पितापुर्खाले भन्दै र अनुशरण गर्दै आए । ओछ्यान बनाउँदा सदैव पूर्व वा दक्षिण दिशातर्फ नै सिरानी बनाएर सुते ।

दक्षिण, उत्तर, पश्चिम, पूर्व जता सिरान बनाए पनि के हुन्छ र ? कसैलाई मतलब भएन । किनभने अहिलेकालाई लाग्यो यी कुरा अन्धविश्वास हुन्, पुरातन रुढी हुन्, तुक नभएका धारणा हुन् । यस्तै मानसिकताका कारण अहिलेका पुस्ताले सुत्नका लागि कसरी र कस्तो अवस्था अपनाउने भन्ने कुराको पालना गरेनन् । तापनि बूढापाकाले भन्न छाडेनन्– सिरानी जहिल्यै पूर्व वा दक्षिणतर्फ नै बनाउनुपर्छ ।

आज यही विषयमा चर्चा गर्न र यसको वैज्ञानिक पक्ष केलाउन खोजिएको छ ।

खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योगध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ । दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका तथा राम्रो निन्द्रा पनि पर्छ । अतः अनुभवहरूको सारका रूपमा आएका शास्त्रलाई अपनाउँदा हानी हुने देखिँदैन ।

हाम्रा हरेक धार्मिक मान्यता एवम् शास्त्रीय कुरामा वैज्ञानिक अर्थ एवम् रहस्य पनि लुकेजस्तै सुताइको सवालमा पनि यो कुरा लागू हुन्छ । अर्थात् सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुरामा पनि वैज्ञानिक कारण छ ।

You may also like

skip


This will close in 5 seconds