बुटवल । नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकालाई प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो उपलब्ध गराएको छ । नेपाली काँग्रेस बुटवल नगर समिति रुपन्देहीले शुक्रबार नगरपालिका गएर प्रधानमन्त्री देउवाको फोटो उपलब्ध गराएको हो ।
नगरपालिकाले राजनीतिक प्रतिसोध राखेर प्रधानमन्त्री देउवाको फोटो नराखेको बताउँदै नगर सभापति खेलराज पाण्डेले राजनीतिक संस्कार सिकाउनको लागि पनि प्रधानमन्त्रीको फोटो उपलब्ध गराईएको बताउनु भयो ।
त्यस अवसरमा नगरसभापति पाण्डेले नगरपालिकाका कार्यकारी प्रमुख शिवप्रसाद रेग्मीलाई प्रधानमन्त्री देउवाको फोटो हस्तान्तरण गर्नुभएको हो ।
बुटवल नगरपालिको एमाले अध्यक्ष समेत रहेका केपि ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति विद्यादेवी भण्डारी सहित तत्कालिन प्रधानमन्त्री ओलीको फोटो राखेको थियो भने ओली प्रधानमन्त्रीबाट पदच्युत भएसंगै ओलीको फोटो हटाएर राष्ट्रपतिको मात्रै फोटो राखेको थियो ।
बुटवल उप- महानगरपालिकालाई दियो काङ्ग्रेस नगर समितिले प्रधानमन्त्री देउवाको फोटो
			177
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
