मकवानपुरमा दुई जना मृत फेला

by समतल अनलाइन
223Shares

मकवानपुर। मकवानपुरमा मंगलबार बिहान दुई जना पुरुष मृत फेला परेका छन् । मकवानपुरको बकैया गाउँपालिका–३ स्थित बकैया खोलाको पुलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहान ५:३० बजेको समयमा सो पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङको बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ बर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि आवश्यक अनुसन्धान अघि बढाइएको उनको भनाई छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–२ संगम चोकस्थित आफ्नै डेरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भन्ने करिब ५० बर्षका पुरुषको शव बिहान ७ बजे फेला परेको प्रहरी उपरिक्षक रिमालले जानकारी दिए । घटनाको प्रकृति र घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा कुनै शंकास्पद बस्तु नभेटिएको उनले बताए । दुबै व्यक्तिको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको उनको भनाई छ ।

Comments

You may also like

This will close in 0 seconds