138
काठमाडौं। पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटर फाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए । उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुने पनि पोर्चुगलले गोल गर्न सकेन । दोस्रो हाफमा पोर्चुगलले धेरै अवसर पाए पनि जित भने निकाल्न सकेन ।
previous post