125
स्याङजा। स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ निवासी ५१ वर्षीय मनबहादुर थापाको आँधीखोला तर्ने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको हो ।
आँधीखोलास्थित ठूलो फूलबारी तर्फबाट गाईनेघाट हुँदै लामागेतर्फ जाँदै गर्दा आँधीखोला तर्ने क्रममा चिप्लिएर लडेका थिए । चिप्लिएर लडेका थापाको आँघीखोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ ।
previous post