137
पाल्पा। पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै घरमा गीत बजाउन वुफरको तार जोड्ने क्रममा नाङ्गो हातले अचानक तारमा छोएपछि विकलाई करेन्ट लागेको थियो ।