कारवाही गरिएका नेतालाई पदमुक्त गर्न माग गर्दै माओवादी केन्द्र निर्वाचन आयोगमा

by समतल अनलाइन
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताहरू निर्वाचन आयोग पुगेर स्थानीय तहका जनप्रतिनिधिहरूले दल त्याग गरेको सूचना प्रकाशित गर्न ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्मालगायत नेताहरू आयोगको कार्यालय पुगेर पार्टीले कारवाही गरेका नेताहरुलाई पदमुक्त गर्न ध्यानाकर्षण गराएका हुन् । रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले जानकारी दिएका छन् ।

‘हामीले स्थानीय तहका माओवादी केन्द्रबाट जितेर पार्टी विरोधी गतिविधि गरेका, दल बदलेकाहरूलाई कारबाहीको पत्र निर्वाचन आयोगलाई बुझाएका थियौं । तर, निर्वाचन आयोगले त्यसको अभिलेखीकरण गरेर सार्वजनिक गर्नुपथ्र्यो गरेन’, पोखरेलले भने, ‘हामीले झण्डै १५–१६ जनालाई कारबाही गरेर निर्वाचन आयोगलाई पठाएका छौं ।’

निर्वाचन आयोगले केन्द्रीय कमिटीले निर्णय गरेको पत्र प्राप्त नभएकाले कारबाही नभएको जवाफ दिएको पोखरेलको भनाइ थियो । ‘माओवादी केन्द्रको पार्टी कमिटीको बैठकले त्यो अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । त्यो पत्र, निर्णयको उतार त छ फेरि भन्यौं । उहाँले हेरेर आवश्यक निर्णय लिन्छौं भन्नु भएको छ’, उनले थप भने ।

You may also like

This will close in 0 seconds