भक्तपुरमा आफैले पढाउने १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, दुई शिक्षक पक्राउ

by समतल अनलाइन
294Shares

भक्तपुर। आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई शिक्षकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भई भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

कोजुले यही जेठ १६ गते दिउँसो र मुखियाले गएको फागुन १ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । कोजुले आफ्नै घरमा ट्युसन पढ्न आएका बेला र मुखियाले गएको फागुन १ गते तेक्वान्दो गेम सिक्न गएका बेला सल्लाघारीको एकान्त स्थानमा लगेर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप अभिभावकले लगाएका छन् ।

उनीहरुले बालिकालाई राम्रोसँग पढाउने र गेम सिकाउने भन्दै संवेदननशिल अङ्गमा समातेर यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले यही जेठ १९ गते महानगरीय प्रहरी परिसर जगातीमा निवेदन दिएकी छन् । पक्राउ परेका कोजु र मुखियामाथि थप अनुसन्धान शुरु गरिएको प्रहीले जनाएको छ ।

 

You may also like