बुटवल ।रूपन्देहीको सियारी गाउँपालिका –५ बन्घुसरी, (छपिया) बाट गत पौष २० गतेदेखि हराएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको खोजी गरिदिन परिवारजनले अनुरोध गरेका छन्। धेरैकुरा बिर्सने समस्याका कारण बाटो बिराएर हिडेको हुनसक्ने र जहाँ पुगे पनि आफूहरूलाई खबर गरिदिन उनको परिवारले आग्रह गरेको हो ।
छोराहरूको नाम र आफ्नो घर बन्घुसरी एवम् छपिया भएको बताउन सक्ने र चिया पिउन रूचाउने उनको एक हप्तादेखी धेरै ठाउँमा खोजी गर्दासमेत नभेटिएको भन्दै परिवारले दुःखेसो गरेका छन्। साथै, आमासँग भेट गराइदिनेलाई दश हजार रूपियाँ पुरस्कार समेत प्रदान गरिने छोरा मञ्जिल सुवेदीले बताए।

२० गते घरबाट निस्कँदा कालो–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाएकी उनलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताएपनि भेटाउन नसकिएको भन्दै वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७० ३९९९२ मा खबर गरी सघाउ पु¥याइदिन छोरा मञ्जीलले आग्रह गरेका छन्।