अर्घाखाँची ।अर्घाखाँची जिल्लाको शितगंगामा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको श्री भगवती माई युवा क्लबले अन्तर जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
नेपालीहरुको महान चाड माघे सक्रांन्तीको शुभ अवसरमा पौषको अन्तिम दिन अर्थात् २९ गते र माघ १ गते गरि २ दिने कार्यक्रम आयोजना गरिएको क्लबका सचिव जगदिश गरौंजाले जानकारी दिए । कार्यक्रममा अर्घाखाँची जिल्लाका विभिन्न पालिकाहरु भित्रका वडाका खेलाडीहरुले भाग लिन पाउने छन् ।कार्यक्रम शितगंगा नगरपालिका वडा नं. ७, मगरा कल्लेरीमा रहेको श्री लाल आधारभूत विद्यालयको प्राङ्गणमा हुने छ । कार्यक्रममा भलिबल प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने क्लबका अध्यक्ष एल्जी मगरले जानकारी दिए ।

प्रतियोगिताको दर्ता शुल्क रु २,५००/- रहनेछ । प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः नगद रु २५,५५५/-, १३,३३३/-, ७,७७७/- र साथमा कप, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । टिम दर्ता २०७७ पौष २९ गते बिहान ९:०० बजे सम्म गरी सक्नुपर्ने र खेल २०७७ पौष २९ गते बिहान १०:०० देखि सुरु हुने खेल संयोजक बिक्रम घर्तीले जानकारी दिए ।
प्रथम पुरस्कारको सौजन्य शिवादह घर भइ हाल अमेरिका रहेका खेलप्रेमी जीवन लामिछाने, द्वितीय पुरस्कार बुटवलका समाजसेवी तथा युवा व्यवसायी दिल खत्री र ओम प्रकाश, तृतीय पुरस्कार लोक तथा दोहोरी गायक दिपक गरौंजा, उत्कृष्ट खेलाडी नेपाल प्रहरी बाबुराम घर्ती मगर, बेष्ट स्पाइकर पुरस्कार नेपाल प्रहरी सुभम घर्ती मगर, ब्यानर सौजन्य कल्लेरी निवासी छबिलाल आचर्यले गरेको खेल सह-संयोजक बिबश गरौंजाले जानकारी दिए । कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न गर्न सबैमा क्लबले आव्हान गरेको छ ।