668
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो।
उनीहरू प्रदेशसभा सचिवालय पुगेर बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावकमा शालिकराम जमकट्टेल छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर अविश्वास प्रस्ताव दर्ता गराउन गएका हुन् ।
previous post