97
काठमाडौं । प्रधानमन्त्री एम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी एकलौटी रुपमा बढाएका छन् ।
पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य नियुक्त गरेर केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पुर्याएका हुन् ।

ओलीले एक हजार १९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव आफ्नो समूहको बैठकमा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले यस्तो प्रस्ताव गरेको एक नेताले जानकारी गराए ।
उनका अनुसार मौजुदा ४४६ सदस्यमा ५५६ जना थप गर्ने र आवश्यकताअनुसार अरु १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने प्रस्ताव गरेको हो । बैठक अहिले बसिरहेको छ ।