90
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्र शाहले लेखेका छन्, ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’
बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । उनले केहि दिनअघि मात्र आफूलाई जनताले नहटाएको बताएका थिए ।