बुटवल । वातावरणविद तथा अधिवक्ता युवराज कंडेलले वर्तमान समयमा प्रविधिमैत्री शिक्षा उपयुक्त भएको बताएका छन । कोभिड १९ का कारण प्रत्यक्ष विद्यालयमा अध्ययापन गराउन कतिपय स्थानमा समस्या हुने भन्दा प्रविधिको सदुपयोग गरेर शिक्षा प्रदान गर्नु उपयुक्त भएको बताएका हुन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४९ अौ नियमित बैठक तथा कोभिड १९ को प्रभावको बारेमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले वातावरणलाई सकारात्मक प्रभाव परेको बताए । नेपालका उद्योगहरुले उत्पादन गर्ने भन्दा पनि सिमापार भारतमा हुने प्रदुषणको प्रभाव नेपालमा परेको उनले बताए । जसका कारण सिमा क्षेत्रका पुरातात्विक स्थलहरुमा प्रभाव परेको उनको दाबी छ । स्थानिय सरकारका लागि यो विकासको एउटा अवसर भएपनि यसलाई सहि ढंगले लिन नसकेको उनको दाबी छ । स्वदेश फर्किएका युवाहरुलाई रोजगार दिने गरि योजनाहरु कार्यान्वनमा ढिलाई भएको उनको दाबी छ ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड १९ अहिले विश्व मानवलाई नै समस्यासंगै अवसर पनि भएको बताए ।
क्लबका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, रोट्या्क्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका उपाध्यक्ष कृष्ण भण्डारी, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य दुर्गा नेपालले सामाजिक कार्यमा हातेमाले जरुरी रहेको बताए।
