‘दशैंमा पिङ नहालौं, मन्दिरमा नित्य पूजा मात्र गरौं’

by समतल अनलाइन
146Shares

काठमाडौं। सरकारले बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै दशैंमा सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्य पूजा मात्र गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन्।उनले भने, ‘सबै मन्दिरहरुमा पूजारी मात्र उपस्थित भई नित्यपूजा गर्ने व्यस्थापन मिलाउन मन्दिर व्यवस्थापन समिति, धार्मिक गुठी, स्थानीय तह र प्रशासनलाई आग्रह गर्दछौं।’

उनले काठमाडौं उपत्यकामा पछिल्लो एक हप्तामा मात्र १० हजार बढी संक्रमित थपिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरे ।

Comments

You may also like