104
सैनामैना । कन्चनजंघा पोलिटेक्निक इन्चिच्युट , सैनामैना नगरपालिका र संयुक्त रास्ट्र संघिय शैक्षिक , वैज्ञानिक तथा सांस्कृतिक संगठनको संयुक्त आयोजनामा सैनामैनामा सिप विकास तालिम : सामुदायिक पशुसेवा सहायक ३९० घन्टे तालिम सोमबारबाट सुरु भएको छ ।

रुपन्देहीको सैनामैना वडा न . ८ मा भएको तालिममा १९ जनाले सहभागिता जनाउने छन् । तालिममा पशुपालन कसरी गर्ने प्रयोगात्मक र सैद्वान्तिक रुपमा सिकाइने छ । सैनामैना नगरपालिकाले कृषिलाई अगाडी बढाएको जोड दिएकोले धेरै युवाहरु पशुपालनमा लागेको सैनामैना नगरपालिकाकी उप-प्रमुख बिना रानाले बताइन ।कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगरपालिकाले विशेष खालको अनुदान पनि उपलब्ध गराएको बताइन । कन्चनजंघा पोलिटेक्निक इन्चिच्युटका प्रिन्सिपल मिन रानाले स्वरोजगार बन्नको लागि अवसर सिर्जना गर्नेमा आफु विस्वस्त रहेको बताए । प्रशिक्षकको रुपमा शिशिर ज्ञवाली रहनेछन ।

कार्यक्रम सैनामैना नगरपालिकाकी उप- प्रमुख बिना राना , अतिथि शिशिर ज्ञवाली र स्वागत मन्तब्य कन्चनजंघा पोलिटेक्निक इन्चिच्युट का प्रिसिपलले राखेका थिए भने कार्यक्रम संचालन एन्जल नेपालीको रहेको थियो ।