127
सप्तरी।सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेको छ ।स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए भने कोभिड–१९ को सप्तरीको तथ्याङ्क राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए ।
नौ दिनअघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।
previous post