रुपन्देहीमा आइतबार ५४ जना थपिए कोरोना संक्रमित

by समतल अनलाइन
Shares

बुटवल ।रुपन्देहीमा थप ५४ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देही अनुसार २१ महिला र ३३ पुरुष गरी कोरोना संक्रमण पुष्टि भएको हो।
जसमध्ये बुटवल उपमहानगरपालिकामा १३ महिला र १६ पुरुष गरी २९  , सैनामैना नगरपालिकामा ७, गैडहवा गाउँपालिकामा ६, तिलोत्तमा नगरपालिकामा ५ सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै ओमसतिया, रोहिणी र देवदह नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ५४ पुगेको छ।

You may also like