139
बुटवल।रुपन्देहीमा शुक्रबार थप ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २४ घण्टामा ३१ महिला र ४५ पुरुष गरी ७६ जनामा संक्रमण पुष्टि भएको हो ।यस सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६५ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २१ महिला र २४ पुरुष गरी ४५ जना संक्रमित थपिएका छन्। त्यस्तै रोहिणी गाउँपालिकामा १४ जना, तिलोत्तमा नगरपालिकामा ९ जना, सिद्धार्थनगरमा ३ जना, देवदह, सियारी, सैनामैना, ओमसतिया, र कञ्चन गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ।