बुटवल।रोटरी क्लब अफ बुटवल चौतारीले कोरोनाको महामारीमा विभिन्न ठाउहरुमा सहयोग गरेको छ । क्लबले बुटवलको देविनगरमा रहेको नेपाल अपाङ्ग आश्रम , मंगलपुर प्रहरी कार्यालय र बुटवलमा रहेको मानव आश्रममा स्वस्थ्य सामग्री प्रदान गरेको हो ।
क्लवले विभिन्न ठाउ गरि मास्क , सेनिटाइजर सोलार लाईटस्थ्य सामाग्री र वृद्धवृद्धाको लागि आवश्यक पर्ने डाएपर प्रदान गरेको क्लबका अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिए।कार्यक्रममा मानव सेवा आश्रम रुपन्देही संयोजक सरु अधिकारी, नेपाल अपांग आश्रम देवीनगरका अध्यक्ष दल बहादुर गुरुङ र प्रहरी कार्यालय मंगलापुरका प्रमुख रुम बहादुर केसीलाई सामाग्रीहरु हस्तान्तरण गरेको क्लबका सचिव अर्जुन ढकालले जानकारी दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु प्रसाद घिमिरे, सदस्य बालकृष्ण पाण्डे, विक्रम अधिकारी, सुरज क्षेत्री, पदम खनाल लगायतको सहभागिता रहेको थियो।४३ सदस्य रहेको क्लबले सामाजिक कार्यहरु गर्दै आइरहेको छ । क्लबले गत साउनमा रक्तदान गरी ६७ युनिट रगत संकलन समेत गरेको थियो ।
कोरोना महामारीविरुद्ध लड्नका लागि आवश्यक पर्ने सहयोग संस्थाले सदैव गरिरहने क्लबका अध्यक्ष पाण्डेले प्रतिवद्धता व्यक्त गरे।सर्भिस प्रोजेक्ट टिमले समन्वय गरि स्वस्थ्य सामग्री उपलब्ध गराएको सर्भिस चेअर विक्रम अधिकारीले जानकारी दिए ।




