236
झापा । किशोरी बलात्कार गरेको आरोपमा झापाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका वर्ष २२ का अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षका विक्रम हास्दा छन् ।
मंगलबार साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा बलात्कार गरेको आरोप लगाइएको छ ।