राष्ट्रिय संगितकर्मी संघको आयोजनामा दक्षिण कोरियामा नेपाली सांस्कृतिक महा–मेला हुने

by समतल अनलाइन
345Shares

पर्यटन वर्ष २०२० को प्रचार गरिँद

काठमाडौं। राष्ट्रिय संगितकर्मी संघको आयोजनामा दक्षिण कोरियामा नेपाली सांस्कृतिक महा–मेला हुने भएको छ । पर्यटन वर्ष २०२० को प्रचार प्रसार सहित १५ सेप्टेम्बरमा हुने उक्त कार्यक्रममा सहभागि हुन झण्डै तीन दर्जन कलाकारहरूले दक्षिण कोरिया प्रस्थान गर्ने तयारी गरेको संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिए ।

सांगितिक क्षेत्रका स्रष्टाहरूलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा चर्चित कलाकारहरू  सिर्जु अधिकारी,  प्रताप दास, शुलेमान शंकर (इकु), एम बराल, आस्था राउत, विक्रम शाह, राजकुमार हुमागाईं, राजेन्द्र कुमार कार्की, घमेश दुलाल, नवराज ढुंगाना, सन्ध्या सानु, अमृत खाती, डिबी लोप्चन, श्रीदेवी देवकोटा, राम थापा,प्रकाश कटुवाल, सर्मिला गुरुङ , रवि वड, रिना थापा, बिबस बस्नेत कुमार कार्की ,गोबिन्द गौतम, मिश्रा काफ्ले, शान्त शिशिर लगायतका कलाकारहरू दक्षिण कोरिया जाने आयोजकले बताएको छ । कार्यक्रम संयोजक संस्थाका महासचिब बिक्रम जङ शाह र साथै ब्यबस्थापक तथा सह संयोजक अमृत खाती, प्रबन्धक श्याम धिताल रहने आयोजकले जनाएको छ।

You may also like