129
पर्सा। कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ ।वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनीहरुको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।