131
काठमाडौं। मौसम पुर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।यसैगरी, महाशाखाले बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भइरहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश–२ का थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली हुने र सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
previous post