दैलेखमा आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

by समतल अनलाइन
Shares

दैलेख।दैलेखमा आत्महत्या गरेका एक जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
जेठ ११ गते भारतबाट फर्किएका उनी १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी रिपोर्ट नेगेटिभ आएपछि जेठ २५ गते घर पुगेका थिए। घर गएको १६ दिन पछि असार ९ गते बेलुका झुण्डिएको अवस्थामा फेला परेका थिए।

मृतकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

You may also like

This will close in 0 seconds