206
			
		
		
			
            
				            
			
			        
    मकवानपुर। मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।एक जना घाइते भएका छन् ।गए राति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षकी सम्झना घिसिङ र २५ वर्षकी बिना घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए । सम्झनाको घरमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो ।
राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएका छन् । जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
			        

												
														

