काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघ-गर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आइतबार विहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।
विभागले देशका पहाडी भू-भागहरूमा मेघगर्जन, चट्यांङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०२ गते (आइतबार)
दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्यांङसहित वर्षाको सम्भावना रहेको छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
चैत्र ०३ गते (सोमबार)
दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
चैत्र ०४ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।