प्रथम लाङ्गघाली कप भलिवल प्रतियोगितामा सत्यवती च्याम्पियन

Shares

तिलोत्तमा । सत्यवती भलिबल क्लव नवलपरासि प्रथम लाङ्गघाली कप पुरुप भलिवल प्रतियोगितामा च्याम्पियन बनेको छ । लाङ्गघाली युवा परिवार तिलोत्तमा ८ द्धारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा लेखानी बाग्लुङलाई ३ – २ को सेटमा पराजित गर्दै सत्यबती च्याम्पियन बनेको हो । प्रतियोगिताको उपाधी जितेको सत्यवतीले नगद ५१ हजार १ सय ११ सहीत कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता बनेको लेखानी बाग्लुङले नगद ३१ हजार १ सय ११ मा चित्त बुझायो । प्रतियोगिताको पहिलो सेटमा पराजय भोगेको बाग्लुङले दोस्रो र तेस्रो सेटमा लगातार जीत निकालेको थियो । चौथो र पाचौँ सेटमा सेटमा सत्यवतीले जीत निकालेपछि लेखानीले उपबिजेतामा चित्त बुझाएको हो ।

प्रतियोगितामा तृतिय बनेको कुँवरवर्ती ईङ्गलिस बोडिङ्ग स्कुलले नगद २१ हजार १ सय ११ प्राप्त गरेको छ भने, सान्त्वना स्थान हात पारेको मणिमुकुन्द भलिवल क्लवले ११ हजार १ सय ११ प्राप्त गरेको खेल संयोजक नरेन्द्र कुमार शारुले जानकारी दिनुभयो ।

लाङ्गघाली युवा परिवारका अध्यक्ष अम्मर बहादुर गाहाको अध्यक्षता, तिलोत्तमा नगरपालिका शिक्षा, युवा तथा खेलकुद समिति प्रमुख गंगारामा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमको संचालन सांस्कृतिक संयोजक खिम रेग्मी मगरले गर्नुभएको थियो ।

स्थानिय ज्योती निमाबिका प्रधानाध्ययापक दिल बहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा बिभिन्न जिल्लाका २० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले यही फाल्गुण २४ गते उद्घाटन गर्नुभएको थियो ।

You may also like

This will close in 0 seconds