141
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू आन्तरगत आइतबार भएको खेलमा नेपाल पराजित भएको छ । योसँगै नेपाल ओमानसँग दोश्रोपटक पराजित भएको हो । ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेर २४९ रन बनाएको नेपालको बलिङ नसुध्रिएपछि घरेलु मैदानमा नेपाल पराजित हुन पुग्यो । उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर हो । तर घरेलु मैदानमै ओमानलाई भने नेपालले हराउँन सकेन ।
previous post