तयारी परिक्षामा एप्पलनै उत्कृष्ट

by समतल अनलाइन
Shares

बुटवल । विगत देखी कृषि तथा वन विज्ञान संकायको तयारी कक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउदै आएको बुटवलको एप्पल एजुकेशन ऐकेडमीले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ । अघिल्लो वर्ष देखी थप नर्सिङ्ग र इन्जिनियरिङ्गमा पनि प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन गरेको एप्पलले यस वर्ष नर्सिङ्ग तर्फ एक नम्बर स्थान प्राप्त गरेको छ भने इन्जिनियरिङ्गमा उत्कृष्ट नतिजा दिन सफल भएको छ ।

एप्पल एजुकेशन ऐकेडमीका अनुसार विर अस्पतालबाट लिइने नर्सिङ्ग प्रवेश परिक्षा नाम्समा नम्बर एक स्थान प्राप्त गर्न सफल भएको छ । एक नम्बर स्थान ल्याउनेमा एप्पलकी छात्रा सिरु पन्थी रहेकी छन् । त्यस्तै, काठमाण्डौँ विश्व विद्यालयलमा शिक्षा मान्त्रालयको प्रवेश परिक्षामा पाँचौ स्थान लाउनेमा एप्पलकै अस्मिता खनाल रहेकी छन् । कक्षा १२ पछिको तयारी कक्षा एप्पलमा अध्ययन गरेका ३० भन्दा बढि छात्राहरुले पूर्ण छात्रावृत्तिमा नर्सिङ्ग अध्ययनका लागी सफलता प्राप्त गरेका एप्पलले जनाएको छ । एकेडेमीका म्यानेजिङ डाइरेक्टर अशोक पराजुलीले देशभर बाट करिब ३५ सय विधार्थीहरुले प्रवेश परिक्षामा भाग लिएका थिए त्यस मध्य एप्पलका तिस जना छात्राहरुले सफलता प्राप्त गरेको र एप्पलले नेपालमै उत्कृष्ट नतिजा ल्याएको बताए ।

एप्पलले गत वर्ष देखी सुरु गरेको इन्जिनियरिङ्ग प्रवेश परिक्षा तयारी कक्षामा पनि सफलता प्राप्त गरेको छ । यस वर्ष एप्पलमा अध्ययन गरेकी छात्रा सुजता खरेलले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थानमा छात्रा तर्फबाट १६औँ नम्बरमा नाम निकालेकी छन् । उनी जस्तै त्रि.वि. र पि.यूं मा एप्पलकै २५ जनाले निशुल्क अध्ययन गर्न पाउने म्यानेजिङ डाइरेक्टर पराजुलीले जानकारी दिए ।

विगत देखीनै कृषि तथा वन विज्ञान संकायको प्रवेश परिक्षामा उत्कृष्ट नतिजा एप्पलकै छ । यस वर्ष कृषि तथा वन विज्ञानको प्रवेश परिक्षामा ८० जना विद्यार्थीहरु नाम निकाल्लन सफल भएका छन् । त्रि.वि.को कृषि संकायको प्रवेश परिक्षामा एप्पलकै नितु दे. प्रथम भएकी छन् भने पशुविज्ञानमा एप्पलकै हरी पौडेल दोश्रो भएका छन् । झण्डै ३२ सय विद्यार्थीहरु सहभागी रहेको परिक्षामा एप्पललेनै राम्रो नतिजा दिएको डाइरेक्टर पराजुलीले बताए ।


यस्तै, गत मंसिरमा रकम अभाबमा पढ्नबाट बञ्चित हुने अवस्थामा पुगेका अर्घाखाँचीका मनोज बिकलाई एप्पल एजुकेशन एकेडेमीले ३ लाख रुपैयाँ सहयोग गरेको थियो ।त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत वन विज्ञान पढ्न लाग्ने रकम सहयोग गरेको थियो ।

उनले आंशिक शुल्कमा पढ्न पाउने गरी नाम निकाल्न सफल भए पनि आर्थिक अभाबले पढ्न सक्ने अबस्था थिएन ।आर्थिक अभाबले कसैले पढ्नबाट बञ्चित हुन नपरोस भनेर आफूहरुले सहयोग गरेको एकेडेमीका अध्यक्ष डा. निसिम भुसालले जानकारी दिए ।आगामी वर्षमा पनि २ जनालाई पूर्ण छात्रबृत्ति दिइने भुसालले बताए ।

You may also like

This will close in 0 seconds