रोट्रयाक्ट सैनामैनाद्धारा शैक्षिक सामाग्री वितरण

by समतल अनलाइन
Shares

सैनामैना । रोट्रयाक्ट क्लब अफ सैनामैनाद्धारा स्विटर तथा शैक्षिक सामाग्री कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको श्री सैनामैना माध्यामिक बिधालयमा शैक्षिक सामाग्रि वितरण गरीएको हो । रोट्रयाक्ट क्लब अफ सैनामैना तथा एप्पल क्म्युटर ईष्टिच्युटको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

क्लबले बिधालयका ६५ जना गरीब तथा जेहेनदार बिद्यार्थीलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो । शैक्षिक सामाग्रि अन्तर्गत ५० थान स्वीटर,१५ थान झोलासंगै कापी वितरण गरीएको क्लबका इलेक्ट प्रेसिडेन्ट तथा कार्यक्रम संयोजक शिशिर पोखरेलले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ सैनामैना प्रेसिडेन्ट तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम कुमार शर्मा सागरले क्लबले स्वार्थ भन्दा माथि रहेर समाजमा सकारात्मक कार्य गर्दै आइरहेको बताउनुभयो । शैक्षिक अधिकारबाट कोही बञ्चित भए त्यस्ता ठाउँमा सहयोग गर्न आफु सधै तत्पर रहेको बताउनुभयो ।

क्लबका अध्यक्ष ऋषिराम रिजालले रोट्रयाक्ट क्लबले स्थापना कालदेखी नै सामाजिक उत्तरदायित्व बहन गर्दै शैक्षिक क्षेत्रमा कार्य गरेको बताउनुभयो । जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारीले क्लबले सधै राम्रो काम गरिरहेको बताउदै यस्ता कार्यहरुबाट विद्यार्थीहरुमा हौसला र प्रेरणा मिल्ने बताउनुभयो ।

बिधालय व्यवस्थापन समिती अध्यक्ष शिवलाल बस्यालले क्लबले गरेको यो कार्य निकै सर्हानीय रहेको र यस कार्यबाट शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउनुभयो । बिधालयका प्रधानाध्यापक नेत्रलाल पुरीले जाडोयाममा गरिब तथा विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा स्विटर वितरण कार्यले अत्यन्त खुसी लागेको जिकिर गर्नुभयो । क्लबका निवर्तमान अध्यक्ष सुरज थापा मगरले शैक्षिक सामाग्री वितरण कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

रोट्रयाक्ट क्लब अफ सैनामैनाका अध्यक्ष ऋषिराम रिजालको अध्यक्षता,रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्मा सागरको प्रमुख आतिथ्यता, रोट्रयाक्ट नेपाल जोन १२ जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारी,बिधालय व्यवस्थापन समिती अध्यक्ष शिवलाल बस्यालको विशिष्ठ आतिथ्यता, प्रधानाध्यापक नेत्रलाल पुरी तथा क्लवका निवर्तमान अध्यक्ष सुरज थापा मगरको आतिथ्यतामा सम्पन्न भएको हो । क्लबका सचिब बन्दना न्यौपानेको संञ्चालनमा सम्पन्न कार्यक्रममा क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

You may also like

This will close in 0 seconds