बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए

by समतल अनलाइन
14Shares

बुटवल । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पाण्डेयले खुलातर्फका ४५ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि उनले आफूलाई माया, आशीर्वाद तथा मतदानमार्फत साथ दिन कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूसँग आग्रह गरेका छन् ।

पाण्डेयले सामाजिक सञ्जालमार्फत अपिल गर्दै पार्टीको संगठनलाई थप सुदृढ बनाउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधिसमेत रहेका पाण्डेय बुटवल उपमहानगरपालिकाका नगर प्रमुख हुन् ।

You may also like