रोहिणी नदीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

by समतल अनलाइन
35Shares

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ स्थित रोहिणी नदीमा डुबेर एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तिलोत्तमा–१२, भाटा निवासी तथा जनता माध्यमिक विद्यालय, मोहनाजोतमा कक्षा ७ मा अध्ययनरत सृष्टि बिक रहेकी छन्।

प्राप्त जानकारीअनुसार सनिवार साथीहरूसँग रोहिणी नदीमा पौडी खेल्न गएकी सृष्टि अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएकी थिइन्। घटनापछि स्थानीयवासी र साथीहरूले तत्काल खोजी गरी उनलाई नदीबाट बाहिर निकालेका थिए।
घटनाबारे इलाका प्रहरी कार्यालय र सम्बन्धित निकायले आवश्यक अनुसन्धान सुरु गरेका छन्।विद्यालयले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

You may also like