बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ बाट १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिको खुलातर्फ व्यवसायी हरिप्रसाद अर्यालले उम्मेदवारी दिएका छन्।
अर्याल नेपाली कांग्रेस रुपन्देहीका जिल्ला कोषाध्यक्ष हुन्। उनी बुटवल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका छन्।
व्यवसायिक क्षेत्रसँगै नेपाली कांग्रेसको संगठनमा समेत सक्रिय रहँदै आएका अर्यालले खुलातर्फ महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्। पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो भूमिका रहने उद्देश्यसहित प्रतिनिधिमा उम्मेदवारी दिएको अर्यालले बताएका छन्।
व्यवसायिक क्षेत्रको नेतृत्वसँगै पार्टी संगठनमा समेत जिम्मेवारी सम्हाल्दै आएका अर्यालले महाधिवेशनमार्फत पार्टीलाई थप संगठित र सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको बताएका छन्।
रुपन्देही–२ मा महाधिवेशन प्रतिनिधिका लागि हुने निर्वाचनमा अर्यालसहित अन्य उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुनेछ।

