रुपन्देही–२(ख) मा हिमाल गैरे सर्वाधिक ३०० मतसहित विजयी

by समतल अनलाइन
25Shares

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २(ख) को प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट युवा व्यवसायी हिमाल गैरे प्रदेश अधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएका छन् ।

अधिवेशनमा गैरेले ३०० मत प्राप्त गर्दै प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनी युवा व्यवसायीका रूपमा सक्रिय रहँदै नेपाली कांग्रेसको संगठनमा समेत सक्रिय रहँदै आएका छन् ।

क्षेत्र नम्बर २(ख) को प्रदेश अधिवेशनमा गैरेले प्राप्त गरेको मत प्रतिनिधिहरूमाझ उनको लोकप्रियताको बलियो आधारका रूपमा देखिएको छ । युवा पुस्ताको सहभागिता र नेतृत्वलाई जोड दिँदै आएका गैरेले आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन् ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएपछि गैरेले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण प्रतिनिधिलाई धन्यवाद दिँदै पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

You may also like