सेती नदीमा कुकुर फाल्ने महिला पक्राउ

by समतल अनलाइन
15Shares

बझाङ । जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिला पक्राउ परेकी छन्।

पुलको पश्चिम किनारामा रहेको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका–३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोकायालाई २०८३ साल असोज १ गते बेलुकी पक्राउ गरिएको हो। पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको घटनामा पक्राउ परेकी रोकायामाथि घटनाको वास्तविकता र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि पशुप्रति गरिएको व्यवहारको विषयमा चासो बढेको थियो।

You may also like