नेप्सेमा ४८.५७ अंकको वृद्धि, ८ अर्ब २९ करोडको कारोबार

by समतल अनलाइन
37Shares

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६.३३.६२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर ८ अर्ब २९ करोड १७ हजार ११५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी धवलागिरी लघुवित्तको शेयर १४.९६ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ११.०३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको डिभेन्चर ८६ को शेयर ५.५५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३१ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

You may also like