रसुवा बाढीपीडितका लागि ज्ञानपुञ्ज इङ्लिश बोर्डिङ स्कुलको १ लाख १४ हजार सहयोग

by समतल अनलाइन
32Shares

बुटवल । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि बुटवल–११ स्थित ज्ञानपुञ्ज इङ्लिश बोर्डिङ स्कुलले १ लाख १४ हजार १९० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रसुवामा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले आफ्नो क्षमताअनुसार रकम संकलन गरी प्याब्सनको राहत कोषमार्फत सहयोग गरेका हुन्।

विद्यालयका प्राचार्य शंकर भण्डारीका अनुसार शिक्षक तथा कर्मचारीबाट ७९ हजार ५०० रुपैयाँ, विद्यार्थीबाट २८ हजार ६९० रुपैयाँ र ज्ञानपुञ्ज रेडक्रसबाट ६ हजार रुपैयाँ संकलन गरिएको हो।

You may also like