भोटेकोसी बाढीपीडितका लागि सजिलो सहकारीको १ लाख १ हजार ११ रुपैयाँ सहयोग

by समतल अनलाइन
22Shares

बुटवल । बुटवलस्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख १ हजार ११ रुपैयाँ सहयोग गरेको छ ।

बाढीका कारण प्रभावित परिवारलाई राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संस्थाका अध्यक्ष रामराज पोखरेलले बताउनुभयो ।

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला आफ्नो संस्थाको तर्फबाट सानो भए पनि सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको पोखरेलले जानकारी दिनुभयो । विपद्को समयमा सबै क्षेत्रले आ–आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष पोखरेलले भोटेकोसी बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत रकम उपलब्ध गराएको जनाएको छ ।

You may also like