वेष्टर्न मेगा कलेजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख सहयोग

by समतल अनलाइन
36Shares

बुटवल, बुटवलस्थित वेष्टर्न मेगा कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को यस घडीमा कलेजका संस्थापक, अध्यक्ष, सञ्चालक समिति, प्राचार्य, शिक्षक, प्रशासन तथा सहयोगी कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिएको कलेजले जनाएको छ ।

रसुवा, नुवाकोट र धादिङका नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति कलेज परिवारले दुःख व्यक्त गरेको छ । विपद्का कारण प्रभावित नागरिकको उद्धार, हराइरहेका मानिसहरूको खोजी तथा घाइतेहरूको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रकम प्रदान गरिएको कलेजका सञ्चालक गोपाल पाण्डेले बताए ।

पाण्डेले प्राकृतिक विपत्तिले पु¥याएको घाउमा राहतले मात्र नभई मानवीय संवेदना, सहकार्य र सामूहिक ऐक्यबद्धताले समेत मल्हम लगाउन सकिने बताए । विपद्को समयमा सबै क्षेत्रबाट सक्दो सहयोग र सहकार्य आवश्यक रहेको भन्दै उनले कलेज परिवारले सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताए ।

You may also like