40
काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको छ । गोल्छाले बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत जेठ २८ गते गोल्छासहितका व्यक्तिविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


