तिलाेत्तमा । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीले हालै महासङ्घको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित ३ जना सदस्यलाई सम्मान गरेको छ । बुधवार तिलोत्तमाको मदानि होटेलमा एक कार्यक्रम आयोजना गर्दै सदस्यहरूलाई सम्मान तथा उनीहरूसंग अन्तरक्रिया गरेको हो ।
महासङ्घले संस्थाका पूर्व अध्यक्ष कनैया लाल कसौधन, पूर्व केन्द्रीय सदस्य वसन्त रोका तथा महिला उद्यमी समिति कि वरिष्ठ केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा तिमिल्सिनालाई सम्मान गरेका हो । कार्यक्रममा महासङ् रूपन्देहीकी महिला समिति अध्यक्ष सुलोचना नेपालले स्वगत मन्तव्य राखेकी थिइन भने महासङ्घ रुपन्देहीका अध्यक्ष टंकनाथ अधिकारीले कार्यक्रमका बारेमाका प्रकाश परेका थिए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले आफ्नो मन्तव्य राख्दै केन्द्रीय महाधिवेशनमा भोगेका अनुभव बैठकमा राखेका थिए ।
त्यस्तै महासङ्घ रुपन्देहीका सल्लाहकार ज्ञानेन्द्र कसजुले सरकरले ल्याएको कर नीतिका बारेमा बैठकमा जानकारी गराएका थिए । उनले सरकारले ल्याएका सही नीतिको समर्थन तथा गलत नीतिको खुलेर विरोध गर्नु पर्ने बताए । उनले शिक्षा तथा स्वास्थ्यमा लगाएकाे कर चर्काे जन बिराेधसंगै हटाएकामा खुशी व्यक्त गरे । उनले अझै पनि आर्थिक विधयकमा समेटिएका विषयहरू व्यावसायी तथा जनताकाे हित विपरितमा रहेकाले सरकारले ती बुदाहरू निशर्त हटाउनु पर्ने बताए ।
त्यस्तै महासङ्घ रुपन्देहीका सल्लाहकार तेज कुमार पाठकले आफ्ना अनुभवहरू राख्दै केन्द्रीय सदस्यमा विजयी तिनै जनालाई बधाई दिएका थिए । त्यस्तै महासङ्घ रुपन्देहीका निवर्तमान अध्यक्ष ध्रुव कुमार धितालले निर्वाचित सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
त्यस्तै महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष तथा हलै निर्वाचित केन्द्रीय सदस्य कन्हैया लाल कसौधनले सबैको सुझावहरूलाई प्राथमिकतामा राखेर केन्द्रसंग सम्मन्मय गर्ने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नव निर्वाचित केन्द्रिय सदस्य वसन्त रोकाले आफू सेवा उद्देश्यले नै संस्थामा जोडिएको बताए । अन्य संघ संस्थाको तुलनामा महासङ्घ केही पछाडि परेको हो कि भन्ने भनाइ राख्दै उनले संस्थालाई अगाडि ल्याउन जस्ताे सुकै भूमिका खेल्ने बताए । उनले आयत भन्दा निर्यात गर्ने तर्फसाना उद्योगीहरूले पहल गर्नुपर्ने पनि बताए ।
कार्यक्रममा मन्तव्य राख्दै महिला उद्यमी संघ लुम्बिनी की अध्यक्ष साबित्रा टनडनले घरेलु तथा साना उद्योग महासंघको आवश्यकता र औचित्यका बारेमा प्रकाश पारेकी थिइन । उनले महासङ्घ लुम्बिनी प्रदेशको नाम १ न.बनाउन जुनसुकै भूमिका खेल्न पछाडि नपर्ने बताइन ।
कार्यक्रममा मन्तव्य राख्दै नव निर्वाचित केन्द्रीय सदस्य तथा महिला उद्यमी समितिकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति शर्मा तिमिल्सिनाले जिल्लाले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिइन् । उनले केन्द्रमा रुपन्देही र लुम्बिनी क्षेत्रबाट जति प्रतिनिधित्व हुनुपर्ने हाे त्यति हुन नसकेको बताइन्। उनले आगामी दिनमा केन्द्रमा रहेर महासङ्घ रुपन्देहीको हितका लागि निरन्तर लागि रहने बाताइन्।
बैठकमा जिल्ला तथा नगरका अध्यक्षहरू, सदस्यहरू, विभिन्न समितिका अध्यक्ष एवम् सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीका सचिव महादेव अधिकरिले सञ्चालन गरेका थिए । कार्यक्रम घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनीका अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

