४४औँ बी.पी. स्मृति दिवसमा बुटवलमा बी.पी. कोइरालाको सालिकमा माल्यार्पण, लोकतान्त्रिक मूल्य जोगाउने प्रतिबद्धता

by समतल अनलाइन
71Shares

बुटवल । ४४औँ बी.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बुटवल–६ स्थित बी.पी. चोकमा राष्ट्रनेता तथा जननायक बी.पी. कोइरालाको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

समितिका सभापति खेलराज पाण्डेयको नेतृत्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बी.पी. कोइरालाले लोकतन्त्र, राष्ट्रिय एकता, समाजवाद र नागरिक स्वतन्त्रताको पक्षमा पुर्‍याउनुभएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रममा वक्ताहरूले बी.पी. कोइरालाको विचार, आदर्श र लोकतान्त्रिक मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँका सिद्धान्तलाई व्यवहारमा उतारेर लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
श्रद्धा, सम्मान र स्मरणका साथ सम्पन्न कार्यक्रमले बी.पी. कोइरालाप्रतिको सम्मान तथा लोकतान्त्रिक मूल्य र आदर्शप्रतिको नेपाली कांग्रेसको प्रतिबद्धतालाई पुनः उजागर गरेको आयोजकले जनाएको छ।

You may also like