कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो : विश्व स्वास्थ्य सङ्गठन

by समतल अनलाइन
26Shares

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकोपको वास्तविक अवस्था आधिकारिक रूपमा पुष्टि भएका तथ्याङ्कभन्दा दुईदेखि चार गुणासम्म बढी हुन सक्ने चेतावनी दिएको छ। सङ्गठनका अनुसार कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघिसकेको छ।

कङ्गोका स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार हालसम्म २,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ७५४ जनाको मृत्यु भएको छ। डब्लुएचओले पत्ता नलागेका सङ्क्रमण, समुदायमा भएका मृत्यु तथा संक्रमणको तीव्र भौगोलिक विस्तारका कारण वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक चिकवे इहेक्वियाजुले बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको वर्तमान प्रकोप हालसम्म देखिएका इबोला महामारीमध्ये सबैभन्दा तीव्र गतिमा फैलिइरहेको बताएका छन्।

गत मे महिनाको मध्यतिर घोषणा गरिएको यो प्रकोप हाल पाँच प्रान्तमा फैलिसकेको छ। डब्लुएचओका अनुसार यो हालसम्म अभिलेख गरिएको तेस्रो ठूलो इबोला प्रकोप हो।

अफ्रिकाका लागि डब्लुएचओको क्षेत्रीय कार्यालयले मंगलबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा प्रकोप इटुरी प्रान्तको मूल केन्द्रबाट बाहिर फैलिँदै नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार संक्रमण सोपो र हाउट–उले ९ज्बगत(ग्भभि० प्रान्तसम्म फैलिएको छ, जसले नियन्त्रण कार्यलाई थप जटिल बनाउनुका साथै राष्ट्रिय तथा सीमापार संक्रमणको जोखिम बढाएको छ।

कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार हाउट–उलेमा हालसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये १३ जनाको मृत्यु भइसकेको छ। करिब १६ लाख जनसंख्या रहेको किसाङ्गानी सहरमा पनि नयाँ संक्रमण देखिएपछि कङ्गो नदी तथा अन्य प्रमुख यातायात मार्गमार्फत संक्रमण थप फैलिन सक्ने जोखिम रहेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय ९इऋज्ब्० ले चेतावनी दिएको छ।

You may also like