बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा भएको लुम्बिनी वास्तु सम्मेलन–२०८३ सातबुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित सम्मेलनको आज एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनले मौलिकताको संरक्षण र राष्ट्रिय प्रवर्द्धन नेपाली सभ्यताको मेरुदण्डका रूपमा रहेको प्राचीन वास्तु विज्ञानकोमौलिकता, शास्त्रीय मर्यादा र सांस्कृतिक गरिमालाई संस्थागत गर्दै यसको प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमाअघि बढाउने ,अनुसन्धान, अभिलेखीकरण र प्रकाशन ASTRO नेपालमा छरिएर रहेका वास्तु सम्बन्धी प्राचीनग्रन्थ, परम्परागत अभ्यास र लोकअनुभवहरूको वैज्ञानिक अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गरी तिनकोप्रकाशनलाई प्रोत्साहन गर्ने लगायतका महत्त्वपूर्ण एजेन्डाहरू पास गर्दै घोषणापत्र जारी गरेको हो ।
उद्घाटन समारोहमा बोल्दै उहाले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माणसंस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दीगोसंरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।उहाँले वास्तुशास्त्रले मानव जीवन, प्रकृति रनिर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान रव्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो ।att.fU7MUBYDP1fChfjErYLLhxhMR_q5pY6LijnYBm019Wo.jpeg
आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्वपूर्णयोगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासकारूपमा नभई अनुसन्धान र प्रमाणका आधारमा व्याख्या तथा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई मौलिकज्ञानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो । साथै, प्रदेश सरकारले ज्ञान, संस्कृति र पर्यटनप्रवर्द्धनसँग सम्बन्धित कार्यलाई प्राथमिकता दिएको बताउनु भएको हाे ।
सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूकोउपस्थिति रहेको प्रदेश सभापति चुरामणि पाण्डे कान्छो ज्योतिषले बताउनुभयो । सो अवसरमा दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा देशकै प्रतिष्ठित वास्तुबिज्ञहरूले वास्तुको उर्जालाइ सहि ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यवहारिक प्रयोगका विषयमा छलफलभएको महासचिव बद्रिप्रसाद भट्टराईले बताउनुभयो ।
सम्मेलनमा ३०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न अवार्डहरू समेत प्रदान गरिएको थियो। सो अवसरमा ,आचार्य लक्ष्मण गौतम,सुन्दर भण्डारी , बर्दघाटका नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ , तिला अधिकारी लगायतले बोल्नुभएको थियो।
यी हुन् घोषणापत्रका मुख्य मुख्य बुंदाहरू
१. मौलिकताको संरक्षण र राष्ट्रिय प्रवर्द्धन नेपाली सभ्यताको मेरुदण्डका रूपमा रहेको प्राचीन वास्तु विज्ञानकोमौलिकता, शास्त्रीय मर्यादा र सांस्कृतिक गरिमालाई संस्थागत गर्दै यसको प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमाअघि बढाउनेछौँ ।
२. अनुसन्धान, अभिलेखीकरण र प्रकाशन ASTRO नेपालमा छरिएर रहेका वास्तु सम्बन्धी प्राचीन ग्रन्थ, परम्परागत अभ्यास र लोकअनुभवहरूको वैज्ञानिक अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गरी तिनकोप्रकाशनलाई प्रोत्साहन गर्नेछौँ ।
३. आधुनिक इन्जिनियरिङ र वास्तुकलासँग समन्वय वास्तुशास्त्रलाई केवल परम्परामा मात्र सीमित नराखीआधुनिक इन्जिनियरिङ, वास्तुकला (Architecture), निर्माण प्रविधि र दिगो वातावरणीय विकासकोअवधारणासँग व्यावहारिक रूपमा फ्युजन (समन्वय) गर्नेछौँ ।
४. युवा पुस्तामा सीप र व्यावसायिकता हस्तान्तरण नयाँ पुस्तामा वास्तुविज्ञानप्रति वैज्ञानिक दृष्टिकोण पैदा गर्नतथा यस क्षेत्रमा व्यावसायिक दक्षता बढाउन नियमित तालिम, प्राज्ञिक गोष्ठी, सम्मेलन र जनचेतनामूलककार्यक्रमहरू सञ्चालन गर्नेछौँ ।
५. भ्रम र विकृतिको अन्त्य, उत्तरदायी अभ्यास वास्तुशास्त्रका नाममा फैलाइने भ्रम, अन्धविश्वास र अनैतिकव्यावसायिक अभ्यासलाई पूर्ण रूपमा निरुत्साहित गर्दै शास्त्रसम्मत, अनुसन्धानमा आधारित र समाजप्रतिउत्तरदायी सेवालाई मात्र प्रोत्साहन गर्नेछछौँ ।
६. विज्ञहरूको राष्ट्रिय सञ्जाल र सहकार्य वास्तुविद्, ज्योतिषविद्, इन्जिनियर, आर्किटेक्ट र नीति-निर्माताहरूबीच निरन्तर ज्ञान र अनुभव आदान-प्रदानका लागि एउटा बलियो ‘राष्ट्रिय सञ्जाल (National Network)’निर्माण गरी सहकार्य गर्नेछौँ । ७. अभियानको निरन्तरता र नीतिगत कार्यान्वयन यस अभियानलाईलुम्बिनी प्रदेशबाट प्रारम्भ गरी देशैभर र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्नेछौँ ।
यस घोषणा-पत्रलाई आगामी दिनमा भवन निर्माण र सहरी विकासको नीतिगत मापदण्डमा समेट्न नेपाल सरकारसमक्ष ठोस मार्गदर्शक दस्तावेजका रूपमा पेश गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्ध रहनेछौँ”सनातन वास्तु परम्पराको संरक्षण हाम्रो दायित्व, समुन्नत नेपालको निर्माण हाम्रो साझा प्रतिबद्धता।”

