वार्षिकोत्सवलाई समाजसेवासँग जोड्दै यामाहा बुटवलद्वारा अपांग आश्रममा खाद्यान्न सहयोग

by समतल अनलाइन
43Shares

बुटवल। यामाहाको ७१औँ वार्षिकोत्सवको अवसरमा बुटवलको यामाहा डिलर्सले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल देविनगरस्थित नेपाल अपांग आश्रमलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।

यामाहाको ७१ वर्षको गौरवपूर्ण यात्रा र वार्षिकोत्सवलाई समाजसेवासँग जोड्ने उद्देश्यले आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। यहाहा बुटवलका प्रतिनिधिहरुले समाजका विपन्न, असहाय तथा विशेष आवश्यकता भएका व्यक्तिहरूप्रति सहयोग र सद्भाव प्रकट गर्दै यस्ता सामाजिक गतिविधिले संस्थागत जिम्मेवारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा आश्रमका आश्रितहरूलाई दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो।

यामाहा परिवारले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र मानवीय सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यामाहाको ७१औँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाउँदै बुटवलका यामाहा डिलर्सले मानवीय सेवाको सन्देश प्रवाह गरेको छ।

You may also like